६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

भुमिकास्थानको धनचौरमा भेटिएको शवको पहिचान खुल्यो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा भेटिएको शव प्युठानका पुरुषको भएको खुलेको छ । प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसी धनचौरको पाकुमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिए ।

उनी स्काभेटरमा अपरेटरको काम गर्थे । यही साउन १५ गतेदेखी उनी सम्पर्क विहिन थिए । आज शव भेटिएपछी उनको पहिचान भएको हो । शरिरमा बाहिरी चोट नभएकाले पोस्टमार्टम पछी थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान पनि भईरहेको छ । पाणिनी गाउँपालिकाको हत्याकाण्ड सेलाउन नपाउँदै यो अर्को शव धनचौरमा फेला परेको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (43%)
  • अचम्मित (57%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?