बालेन लाई कांग्रेसमा ल्याउने कसरतमा गगन थापा

बालेन लाई कांग्रेसमा ल्याउने कसरतमा गगन थापा

बालेन्द्र शाह ‘बालेन’ लाई कांग्रेसले पार्टीमा भित्राउने कसरत गरिरहेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई कांग्रेसले पार्टीमा भित्र्याउने तयारी स्वरुप छलफल समेत अघि बढिसकेको छ। महामन्त्री गगन थापाले यसको नेतृत्व गरिरहेका छन् ।

स्थानियतहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका मेयर बालेन शाह पछिल्लो समय एक पछि अर्को विवादमा तानिदैं आएका छन् । उनलाई मेयर बनाउनु पर्छ भनेर लागीपरेका हरुनै अहिले उनको विरोधी भएर निस्कन थालेका छन् । पटक पटक विवादमा पर्दै गएपछि मेयर बालेन शाहले राजनितीक पार्टीहरुको साथ खोज्न थालेका छन् । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागी विनियोजन गरेको बजेटमा पनि कांग्रेस र एमाले नेताका नाममा खुलेका ट्रस्ट र फाउण्डेसनको नाममा करोडौं बजेट बिनियोजन गरिएको छ ।

यसैबिच मेयर बालेन शाह अब स्वतन्त्र हैसियतमा नबस्ने र उनी कुनै राजनितिक दलमा प्रवेश गर्न लागेको हल्ला चलेको छ । बालेन नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको र काग्रेसका महामन्त्री गगन थापासँग भित्री सेटिङ भइरहेको खबर बाहिरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री शेरबहादुर तामाङले किटानीका साथ बालेन नेपाली कांग्रेसका प्रवेश गर्न लागेको दाबी गरेका छन् । यो कुराको सुचना आफुसँग आएको भन्दै तामाङले गगन थापाले यसको जिम्मा लिएको दाबी गरेका छन्।

प्राइम टाइम्स् टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एमाले नेता तामाङले बालेन कांग्रेस प्रवेश गर्न लागेको सुचना आफु सँग भएको दाबी गरेका छन् । कांग्रेस महमन्त्री गगन थापाले गोप्य रुपमा बालेनसँग कुराकानी गरिरहेको दाबी पनि उनले गरेका छन् ।काठमाडौं महानगपालिकामा कांग्रेसको बहुमत रहेकाले कांग्रेस प्रवेश गर्ने तयारीमा बालेन रहेको तथा काठमाण्डौ महानगरपालिकाको निति तथा कार्यक्रम, बजेट लगायतका कुराले पनि त्यो कुरा पुष्टि हुने जिकिर उनले गरेका छन् ।

स्वतन्त्रको प्रतिनिधित्व गरेर मेयर जितेका बालेन दलमा आबद्ध होलान् ? के बालेन कांग्रेस प्रवेश गर्लान् ? स्वतन्त्र भनेर उनलाई सघाएकाहरुले त्यो ग्रहण गर्लान ? समय संगै सबै कुरा पुष्टी हुँदै जाने नै छ, तर दलिय व्यवस्थामा स्वतन्त्र उठेर काम गर्न अफ्ठ्यारो रहेको भने पुष्टी हुँदै गईरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (33%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *