६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बुधवार बिहान करिब ९ बजे बाणगंगा-२, पिपराको मेचकुरीबाट लखनचोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिँदा २ जनाको ज्यान गएको हो ।

लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख दीपक बाबु केसीका अनुसार मोटरसाइकल चालक वडा नं-२ निवासी २५ वर्षीय रमेश विक र पछाडि २७ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएको दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?