नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ ले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने

नेपाली काङ्ग्रेस प्रदेशसभा ‘ख’ कार्य समिती अर्घाखाँचीले स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेस बाट बिजय भएका जनप्रतिनिधिहरु लाइ सम्मान तथा प्रशिक्षण र बृहत अन्तर्कृया कार्यक्रम गर्ने भएको छ । साथै आज भएको पदाधिकारी बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
बैठकले संगठनलाई सशक्त, मजबुत र गतिशील बनाउनका लागि आवश्यकता अनुसार विभिन्न बिभाग तथा उपसमितिहरु गठन गर्ने, कार्य समितीलाई पूर्णता दिनका लागि सदस्यहरु मनोनित गर्ने लगायतका महत्त्वपूर्ण निर्णय हरु पनि गरेको छ । पदाधिकारी बैठकले गरेका निर्णय हरुलाई कार्य समिती बाट अनुमोदन गराउने र जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण र बृहत अन्तर्कृय कार्यक्रम लाई शानदार रुपले सम्पन्न गर्नका लागि तयारी स्वरुप मिति २०७९ भदाै ४ गते शनिबार बिपि स्मृति भवन सन्धिखर्कमा कार्य समितिको आगामी बैठक बस्ने निर्णय समेत गरेको छ ।
बैठक समितीका सचीव सुरज रायमाझीको संचालन र सभापति हेमन्त बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको थियो ।