सत्ता गठबन्धन: सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज

सत्ता गठबन्धन: सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ । मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिट बाँडफाँड हुनेछ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *