उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी परेका छन् । उनकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उनलाई ज्वरो आएको बताईन् । नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेका थिए।

झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गरेका थिए । महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।

उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *