बङ्गलादेश एक सय पाँच रनले विजयी

जिम्बावेसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश एक सय पाँच रनले विजयी भएको छ । हरारेमा बङ्गलादेशले दिएको दुई सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा एक सय ५१ रन बनाउँदा अलआउट भयो ।
उसका लागि रिचार्ड नगार्भाले नटआउट ३४ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले चार तथा ताइजुल इस्लाम र एबादत्त होइसनले दुई-दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५६ रन बनायो । उसका लागि अफिफ होसिनले नटआउट ८५ र अनमुल हकले ७६ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्राड इभान्स र लुके जोङ्गेले दुई-दुई विकेट लिए ।
आज हारे पनि तीन खेलको शृङ्खला जिम्बावेले दुई–एकले जितेको छ । यसअघि भएको टी–२० शृङ्खला पनि जिम्बावेले नै जितेको थियो ।
टिप्पणी