एमाले लोकप्रिय भएर फेरी सरकारमा आउँछ: उपाध्यक्ष नेम्वाङ्ग

एमाले लोकप्रिय भएर फेरी सरकारमा आउँछ: उपाध्यक्ष नेम्वाङ्ग

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आगामी संघ र प्रदेशको निर्वाचनबाट एमाले फेरी सरकारमा आउने बताएका छन्। एमाले सरकारमा हुँदा जनप्रिय कामहरु गरेकाले फेरी सरकारमा आउने उनले दावी गरे।

प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङ्गले आउने निर्वाचन आफूहरुका लागी चुनौतीपुर्ण रहेपनी त्यसको सामना गरेर पहिलो दल बन्नेमा आफु ढुक्क रहेको बताए।  मिल्न सक्ने दलहरुसंग संवाद भइरहेको भन्दै उनले कसैले साथ नदिएपनी एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको बताए।

गत स्थानीय तहको निर्वाचनमा एमालेलाई जनताले लोकप्रिय मत दिएकाले अबको निर्वाचनमा समेत एमाले पहिलो पार्टी बन्ने उनले दावी गरे। पार्टीभित्रको आन्तरिक समस्याले स्थानीय निर्वाचनमा सोचे अनुरुप परिणाम आउन नसकेको भन्दै नेम्वाङ्गले मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आन्तरिक कमीकमजोरीलाई सच्चाएर अगाडी बढ्ने बताए। ‘हामी लोकप्रीय मतमा अँघी छौं,उनले भने,‘आन्तरिक समस्याले स्थानिय निर्वाचनमा सोंचेजस्तो परिणाम आएन। सच्चाएर अँघी बढ्छौं।’

फरक प्रसंगमा नेता नेम्वाङ्गले राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएको विषयमा एमालेले कुनै टिप्पणी नगरेको बताए। एमालेले स्वागत र विरोध केहीपनि नगरेको स्पष्ट पार्दै उनले संविधानले दिएको अधिकार राष्ट्रपतीले प्रयोग गर्दा एमालेले कुनै टिप्पणी नगर्ने उनको भनाइ छ।

नेकपा एमालेले देशव्यापी सञ्चालन गरेको पार्टी प्रशिक्षण कार्यक्रम अन्तर्गत अर्घाखाँची आएका नेम्वाङ्गले जिल्लाका ११ सय नेता कार्यकर्तालाई प्रशिक्षण दिएका छन्। उपाध्यक्ष नेम्वाङ्गसहित एमाले सचिव टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य सुर्य थापा, केन्द्रिय सदस्य चेतनारायण आचार्य लगायतका नेताहरुको सहभागिता थियो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *