अर्घाखाँचीमा मौलिक रोपाई जात्रा सम्पन्न

अर्घाखाँचीमा मौलिक रोपाई जात्रा सम्पन्न

प्रेम आचार्य ।
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ ठूलापोखरामा रोपाइँ पर्व मनाइएको छ। श्रीकृष्ण जन्माष्टिमा मनाइने रोपाइँ जात्रामा ‘रोपाइँमा धान रोपे झै’ गरी नाच्ने गाउने गरिन्छ।

खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा यो पर्व मनाउन थालिएको स्थानीय बृद्ध तुल्सीराम पौडेलले बताए। अघिअघि भगवान श्रीकृष्णको रथ, त्यसपछि सजावट गरेर सिंगारिएका राधाकृष्ण, शिव भगवान, गणेश, हनुमान बनाएर भजन कृतन गर्दै हिँड्ने चलन छ। जस्को पछिपछि पञ्चेबाजाको तालमा असारे वाली गीत गाउँदै रोपाइँ गरेको अभिनय गर्दै छमछमी नाच्ने गरिन्छ।

चौवास्थित राधाकृष्ण मन्दिरबाट जात्रा निकालिएको हो। देशका अन्य जिल्लाहरूमा गाईजात्रा पर्वको भोलिपल्ट रोपाइँ जात्रा गरिए पनि अर्घाखाँचीमा कृष्ण जन्माष्टमीमा हुने गरेको पण्डित नविन पौडेलले बताए। रोपाइँ जात्रा असारमा धानको रोपाइँ गरी सकेपछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको हो। धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो।

उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष प्राथमिकता दिँदै राजा प्रताप मल्लले रोपाइँ जात्राको सुरुवात गरेको मानिन्छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *