तरुणदल अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको काठमाण्डौमा बृहत भेला

तरुणदल अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको काठमाण्डौमा बृहत भेला

कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौमा बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सांस्कृतिक संघको सभाहलमा भएको बृहत कार्यक्रममा बोल्ने वक्ताहरुले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस उम्मेदवार जिताउन तरुणदल कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दलका अध्यक्ष विकास खनालले आउँदो चुनावमा गठबन्धन र कांग्रेस उम्मेदवारलाई जिताउन तरुण दल एक भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा संघीय सांसद मानबहादुर विश्वकर्माले देशभर ५ दलीय गठबन्धन भएर चुनाव लड्ने भएकाले अर्घाखाँचीमा कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । तीन वटै क्षेत्रबाट गठबन्धनले चुनाव जित्ने उनको दावी थियो।

कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), जिल्ला सभापति केशव श्रेष्ठ, नेता डा. रामबहादुर विसी, डा. मुक्तिराम श्रेष्ठ, उपसभापति विष्णुप्रसाद भुसाल, पूर्वजिल्लासभापति कमलप्रसाद भुसाल, लुम्बिनी प्रदेश सांसद निर्मला क्षेत्री, तरुण दल अर्घाखाँची–काठमाडौं सम्पर्क समितिका संस्थापक अध्यक्ष अर्जुन पोखरेल, महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेल, यादवप्रसाद घिमिरे, कपिल पोखरेल, तारा फुल्लेल,  सिता भुसाल लगायतका कांग्रेस नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रम तरुण दलका अध्यक्ष विकास खनालको अध्यक्षता, सचिव माधव पौडेलको सञ्चालन र सुरज पोखरेलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र तरुण युवाहरुको उपस्थिति रहेको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *