भुमिकास्थानबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बहुबिबाह मद्धामा फरार अभियुक्तलाइ भुमिकास्थानबाट पक्राउ गरेको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३ का गंगा बहादुर बिक लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले बताए ।
बिकलाई जिल्ला अदालत अर्घाखाँचीले २०७९ असार २८ गते एक बर्ष कैद सजाय तोकेको थियो । तर बिक कैद भुक्तान नगरी फरार थिए । बिकलाई प्रहरीले आज (आईतबार) बिशेष सुचनाको आधारमा पक्राउ गरी जिल्ला अदालत पेश गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
टिप्पणी