नरपानीमा तस्करीका लागी लगिएका १७ बाख्रा सहितको गाडी नियन्त्रणमा

नरपानीमा तस्करीका लागी लगिएका १७ बाख्रा सहितको गाडी नियन्त्रणमा

अबैध रुपमा अर्घाखाँचीको सन्धिखर्कबाट कपिलबस्तु तर्फ लैजादै गरेका १७ वटा बाख्रालाई प्रहरीले नरपानीबाट बरामद गरेको छ । सन्धिखर्कबाट कपिलबस्तुको गोरुसिंगे तर्फ लु १ च ३३०१ नम्वरको पिकअप जीपमा लैजादै गरेको अबस्थामा १७ बाख्रालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले बताए ।

नरपानी प्रहरी चौकीका प्रनानी हुमबहादुर विकको कमाण्डमा खटिएको प्रहरी टोलीले आबश्यक कागजात बिना लैजादै गरेका स्त्री प्रजातीका १७ बाख्राहरु सहितको गाडीलाई आबश्यक कारबाहीको लागि सन्धिखर्क नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीको भनाई छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (33%)
  • दुःखी (33%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *