प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई विदाई गरियो

लक्ष्मण घिमिरे ।
सन्धिखर्क नगरपालिकाबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । कुशल प्रशासक तथा सच्चा राष्ट्रसेवकको रुपमा रहेका अर्याललाई नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ सहितका ब्यक्तिहरुले दोसल्ला ओढाउँदै मायाको चिनो सहित विदाई गरेका हुन् ।
सन्धिखर्कमा झण्डै १५ महनिा रहदा नगरको विकासमा र सेवा प्रबाहमा अर्यालको कार्यकाल अति उत्कृष्ट रहेको विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता र अधिकृत छैठौ जीवनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरु माधव श्रेष्ठ, रिसब श्रेष्ठ, मोहनसिंह ठकुरी, नारायण खड्का, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
१५ महिनाको अवधीमा उनले विवादित कुनै काम गरेनन् भने निवर्तमान मेयर कमल प्रसाद भुसाल संग पनि काम गर्ने अवसार पाएका थिए ।