पाणिनी अध्यक्ष न्यौपानेलाई ‘मजाक बन्यो फसाद’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अहिले सामाजिक संजालमा हर्क सापाङ र बालेन्द्र शाहको जुहारी निकै चर्चामा छ । धरान उपमहानगरपालिका प्रमुख सापाङ र काठमाण्डौं महानगरका प्रमुख शाहा बिच सुरुमा मजाक-मजाक र पछी घोंचपेछ हुँदै अहिले त्यो विवाद दुश्मनीमा परिणत भएको छ । कसैले ठट्यौली पारामा व्यंङ्ग गर्छ, अर्कोले त्यही कमेन्टमा पिञ्च हान्छ, क्रिया प्रतिक्रिया पछी विवादले ठुलो रुप लिन्छ । समाजिक संजालमा हर्क र बालेन बिचको यो पछिल्लो विवादले दुवै निकै आलोचित बन्न पुगेका छन् ।
त्यस्तै घटना भर्खर अर्घाखाँचीको पाणिनी गाउँपालिकामा देखापरेको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले कांग्रेसलाई ‘भोटे कुकुर’ भनेपछी विवादमा तानिएका छन् । समाजिक संजाल फेसबुकमा जुहारी खेल्न पुग्दा उनी आलोचित बन्न पुगेका हुन् । कुटनितीमा त्यती दख्खल नराख्ने अध्यक्ष न्यौपानेले सम्भवतः ‘वर्ड प्ले’ गर्न खोज्दा कांग्रेस कार्यकर्ताको नजरमा परेका छन् ।
उनले आवेशमा आएर वा शत्रुवत् भावना राखेर कांग्रेसलाई ‘भोटे कुकुर’ भन्ने शब्द प्रयोग गरेका भने होईनन् । एक जना अधिकारी थर गरेका व्यक्तीले ‘यसपाली कांग्रेसले कालो कुकुर उठाएपनी चुनाव जित्छ’ भनेर लेखेका छन् । आसन्न निर्वाचनप्रती लक्षित गर्दै उनले यो प्रतिक्रिया सामाजिक संजालमा लेखेका छन् । त्यही प्रतिक्रियामा आफ्नो राय लेख्दै पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले ‘भोटे कुकुर उठाउनु पर्छ’ भनेर प्रतिक्रिया थपेका छन् । पहिलो प्रतिक्रियाको सापेक्ष बनाउन खोज्दा उनी विवादमा तानिएका हुन् ।
‘वर्ड प्ले’ गर्न खोज्दा उनले यो बिर्सिन पुने कि मैले प्रतिपक्षीलाई जवाफ दिदैं छु । कांग्रेस कार्यकर्ताको आक्रोश पनी स्वभाविक नै छ । अध्यक्ष न्यौपानेले गलत मनसायले त्यो टिप्पणी नगरेको भएपनी उनी अनावश्यक विवादमा मुछिन पुगे । ठ्याक्कै हर्क र बालेनको संजाल युद्ध जस्तै यो पनि अहिले विवादित बन्न पुग्यो ।
प्रतिपक्षी वा अन्य पार्टीका सन्दर्भमा प्रतिक्रिया दिंदा सम्हालिनु पर्छ भन्ने कुरा उनले भुसुक्कै बिर्सिए । अर्को कुरा उनी पदिय जिम्मेवारीमा भएकाले पनी उनी बढी आलोचित हुन पुगे । शब्द चयनमा ध्यान नदिएको भन्दै उनको जमेर आलोचना भएको छ । जानेर वा नजानेर भएका कमी कमजोरीलाई न्यौपानेले सच्चाउन भने जरुरी छ । राजनितीमा त्यती अब्बल र कुटनितीमा खासै दख्खल नहुँदा आफ्नै करणले उनी आलोचित भएका हुन् ।
सामाजिक रुपमा स्थापित व्यक्ती, जनप्रतिनिधी र कर्मचारीले सामाजिक संजालको उपयोग गर्दा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।