निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने तयारी गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९० दिन बाँकी छ । चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चित गर्न आयोगले आग्रह गरिसकेको छ ।

यस्तै, आयोगले चुनावका लागि कर्मचारीको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिइसकेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *