फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढ्दाे

फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढ्दाे

फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ३ हजार ६ सय ४३ जनामा कोरोना सङ्क्रमण भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार त्यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।

त्यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् ।  त्यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा  सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *