विश्वकप क्रिकेट २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ नेपाल आउँदै, सगरमाथा लगिने

विश्वकप क्रिकेट २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ नेपाल आउँदै, सगरमाथा लगिने

आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा पनि विश्वकपको ट्रफी आइपुग्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफ आगामी भदौ १४ गते नेपाल आइपुग्नेछ।

१५ गतेसम्म नेपालमा हुने ट्रफीलाई सगरमाथाको वेस क्याम्पमा पुर्‍याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानले ट्रफीलाई सगरमाथाको वेस क्याम्पनबाहेक भक्तपुर दरबार क्षेत्र र जनकपुरधाममा लैजाने योजना बनाएको छ। ट्रफी टुरका दौरान निश्चित फ्यानहरूलाई फोटो खिच्ने अवसर दिइनेछ। नेपालमा टी-२० विश्वकपको ट्रफी पहिलो पटक ल्याउन लागिएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको थियो।

ट्रफी नेपालबाट सिंगापुर लगिनेछ। आइसिसीले गत असार १४ गते ट्रफी टुर सुरु गरेको थियो। ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ। नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो।

आइसिसी टी-२० विश्वकप २०२२ सुरू हुन दुई महिना भन्दा कम सयम छ। अस्ट्रेलियाको सात शहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरू हुनेछ। १३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ। नेपालले पनि गत वर्ष ‌ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।

टी-२० विश्वकप २०२२
समूह ए
नामिबिया, श्रीलंका, युएई, नेदरल्यान्ड्स

समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे

सुपर १२ -समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता

सुपर १२ -समूह २
बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता

पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *