६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

बालबालिका कुलतमा नपरुन् भनेर अर्घाखाँचीमा प्रहरीले गाँजा नष्ट गर्दै

पछिल्लो समय विद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फसेर आफ्नो भबिष्य नै बिगार्न थालेपछि प्रहरीले अर्घाखाँचीमा लागुऔषध नियन्त्रणमा कडाई गरेको छ । डिभर्ना, अर्घा, किमडाडाँ लगायतका बिभिन्न ठाउँबाट दुईदिन लगाएर दुई हजार पाँच सय अवैध गाँजाका बोट फडानी गरेको छ ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण गर्न फडानी गरेको हो । स्थानीय भाँगो नामको गाँजा लागु औषध अन्तरगत नेपालमा गैरकानुनी मानिदै आएको छ ।

विद्यार्थी समेत कुलतमा फस्ने गरेकाले सबै अभिभावकले बिशेष निगरानी गर्न जरुरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले प्रहरीको एक्लो प्रयासले सम्भव नहुने भएकाले अभिभावकले पनि बालबच्चाको गतिविधी नियाल्नु पर्ने बताए । ‘हामी प्रहरीले मात्र सम्भव हुँदैन । बालबच्चा कुलतमा फस्दै गईरहेका छन्, प्रनाउ रिजालले भने,‘अभिभावकले पनि ध्यान दिनु पर्छ ।’

गाउँघरमा बस्तीमा मान्छे बसोबास नगर्ने भएकाले पनि गाँजा खेती फस्टाउन लागेको हो । तराईसँग सिमाना जोडिएको अर्घाखाँचीका गाउँगाउँमा गाजा खेती हुँदै आएको छ । गुल्मी, अर्घाखाँचीमा उत्पादन भएको गाजा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खुल्ला सिमाना रहेकाले अवैध कारोवार फस्टाउँदै गएको भन्दै प्रहरी सक्रिय बनेको छ।

जिल्लाका ठाउँमा लगाईएका र जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?