३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

अर्घाखाँचीमा मिटरब्याज पीडित १ जनाको मात्र उजुरी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा मिटरब्याजबाट पीडित भएको भन्दै १ जनाको उजुरी परेको छ । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि डा. भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठन गरेको थियो ।

कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो । अर्घाखाँची जिल्लामा १ जनाको मात्र उजुरी परेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए । कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने घिमिरेले बताए।

जिल्ला प्रहरी कार्यालयमा भने कसैको उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण घिमिरेका अनुसार मिटरब्याज पिडित कोहीपनि जाहेरी वा उजुरी दिन नआएको जानकारी दिए ।

अर्घाखाँचीमा मिटरब्याज पिडित धेरै भएपनी उजुरी दिन डराईरहेका सरोकारवालाको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?