३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

ओलीका कारण विकासको सपना पूरा भएन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको दाबी गरेका छन्।

चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताए । ‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो’, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ । त्यो सपना चकनाचुर भयो ।’

उनले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भनेपनि विकासका काममा अवरोध सिर्जना गरिरहेको दाबीसमेत गरे । सोचेजस्तो रूपमा माडीको विकास नभए पनि विकासले गति लिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?