३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

देशैभर ४८७ कोरोना संक्रमित थपिए, अर्घाखाँचीमा संक्रमितको संख्या शुन्य

पछिल्लो २४ घण्टामा देशैभर चार सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार १ सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । थप एक सय ६४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार दुई सय ९८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३९ हजार चार सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशेभर कोरोना संक्रमण दर बढ्दै गएपनी अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शुन्य छ । अर्घाखाँची अस्पतालमा भर्ना भएका बिरामी मध्ये कोरोना संक्रमितको संख्या शुन्य छ । डेंगी र स्क्रबटाईफसका बिरामी बढ्दै गएपनी कोरोनाका बिरामी नभएको अर्घाखाँची अस्पतालका मेसु डा. जगन्नाथ तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?