३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

जथाभाबी फोहर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारवाही हुन्छ: मेयर शाह

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभाबी फोहर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज बुधवार काठमाण्डौमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सीसीटीभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारवाही गरिने बताए ।

विशेषगरी रातको समयमा यसरी जथाभाबी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सीसीटीभी क्यामरोका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए । नेपाल प्रहरीले उपत्यकामा अहिले पाँच हजार सीसीटीभी क्यामेरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सीसीटीभी क्यामेरा चाहिने जनाएको छ ।

मेयर साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिए । उनले पार्किङका लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?