३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

चुनावमा धाँधली नहोस्: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशङ्का व्यक्त गरे ।

भेटका क्रममा अध्यक्ष ओलीले चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढङ्गले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । ओलीले चुनावमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमालेले कडा रूपमा प्रतिवादमा गर्ने चेतावनी दिएका छन् ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?