२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारे: किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् ।

बङ्गलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि आज अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले देशका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिङ्गो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे । १४ वर्षसम्म निरन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद भएको थियो ।

विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए । त्यसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका केही खेलाडी वञ्चित भएका थिए । गोलकिपर चेम्जोङले विनाकारण टिमबाट निकालिएको भन्दै सञ्चारमाध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे।

चेम्जोङले अलमुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?