३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

विहारका सभामुख सिंहले पदबाट राजीनामा दिए

भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएका छन् । भारतीय जनता पार्टीका नेता समेत रहेका सिहंले प्रदेशसभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन् । उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएका छन् ।

सत्तारुढ गठबन्धनले उनको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिएको पनि बताइएको छ । उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गरेका छन् । संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उनको भनाई छ ।

अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उनले बताए । भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?