३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

चुनाव जित्ने गरी तयारीमा लाग्नुस्: कांग्रेस सभापती श्रेष्ठ

आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनावमा पार्टीका उम्मेदवार लाई जिताउन नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले निर्देशन दिएका छन् । गठबन्धनका उम्मेद्वारहरु लाई विजयी बनाउन दत्तचित्त भएर लाग्न स्थानीय नेता कार्य कर्ताहरुलाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस मालारानी गाउँ कार्यसमितिको बैठक तथा प्रशिक्षण कार्यक्रम लाई खनदहमा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठन निर्माणमा जुटेर चुनावी अभियानमा लाग्न सबैलाई आव्हान गरे । उम्मेद्वार को बन्ने भन्ने कुरा गौण रहेको भन्दै सभापती श्रेष्ठले पार्टी र गठबन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन सबै लाग्नुपर्ने बताए ।

सभापति श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा सचिव कृष्ण खनाल, कोषाध्यक्ष बिष्णु क्षेत्री, जिल्ला सदस्य अभिना आचार्य लगायतले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । कार्यक्रम मालारानी गाउँपालिका कांग्रेस सभापति सोभाखर खनालको सभापतित्व, तिलक खनालको स्वागत मन्तव्य तथा सचिव रबिन घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा जित बहादुर थापा बिष्णु पन्थि, गोविन्द रेग्मी, मणिराम खनाल, तारा प्रसाद खनाल, लक्ष्मण पोख्रेल, प्रभात कुवँर, कबिराम पौडेल लगायतका स्थानीय नेताहरुले आफ्नो भनाइ व्यक्त गरेको कांग्रेस प्रचार बिभाग प्रमुख सुर्यप्रसाद भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?