३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

ढिकुरा रुपन्देही समाजले ‘दर खाने कार्यक्रम’ आयोजना गर्दै

पारस भट्टराई। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा विभिन्न संस्था, सहकारी तथा सम्पर्क समितिहरुले तिज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरिरहेका छन्।

यसैबीच अर्घाखाँची ढिकुरा रुपन्देही समाजले हरितालिका तिजलाई लक्षित गर्दै यहि भाद्र १० गते शुक्रवार अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर-९ स्थाई घर भई विभिन्न पेशा, व्यवसाय तथा अध्ययन गर्न रुपन्देही जिल्लामा बसोबास गर्दै आएका ढिकुरेली दिदीबहिनीहरुलाई लक्षित गर्दै दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।

ढिकुराका दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रम साथै भेटघाट तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको अर्घाखाँची ढिकुरा रुपन्देही समाज का अध्यक्ष दिलबिन्दु थापाले जानकारी दिए। रुपन्देहीमा क्रियाशील विभिन्न सङ्घ संस्थाहरूबाट उपस्थित प्रतिनिधिहरूले तिजको शुभकामना मन्तव्य राख्ने तथा  दिदीबहिनीहरुले विभिन्न तिज गीतहरुबाट मनोरञ्जन प्रदान गर्ने कार्यक्रम तय गरिएको हो ।

कार्यक्रम बिहान ९ बजे बाट जितगढी बुटवलमा रहेको साइनो पार्टि प्यालेसमा संचालन हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?