३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

चुनावमा गठबन्धनबीच बलियो तालमेल हुन्छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सङ्घ र प्रदेशको चुनावमा गठबन्धन दलबीच पालिका चुनावभन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ ।

बुटवलमा शनिवार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पालिका चुनावमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आउँदो चुनावमा राम्रो गर्ने बताए । गठबन्धन सरकारले पालिका चुनाव सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उनको भनाइ छ ।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रुपन्देही आएका हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?