३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

बाईक दुर्घटनामा अर्घाखाँची धनचौरका बावुछोराको मृत्यु

बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको ज्यान गयो ।

मृत्यु हुनेहरुमा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौर घर भई बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान भट्टराई रहेका प्रहरीले जनाएको छ ।

हेन्द्र राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरमा सवार मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?