३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

दुई दिनदेखी परिरहेको पानी आज पनि देशका धेरै ठाउँमा पर्ने अनुमान गरिएको छ । अहिले देशभरकै मौसम बद्ली भएको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्धावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।

उनका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । भोलि बेलुकादेखि क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?