३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

पाल्पा–बुटवल खण्डमा फेरि पहिरो

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डमा फेरि पहिरो खसेको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ । यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेको छ ।

माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?