३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

‘झिंगेदाउ’ प्रिमियरमा केकी र आँचल

फिल्म ‘झिंगेदाउ’को रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा बुधबार बेलुका सेलिब्रिटीको खचाखच उपस्थिति रह्यो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, रविन्द्र खड्का लगायत प्रिमियरमा उपस्थित रहे । फिल्मका कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा पनि प्रिमियरमा सहभागी भए ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्म भीमनिधि तिवारीको कथामा आधारित छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?