१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट

‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् । छनोट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतियोगिताको यो सातौं संस्करण हो । यो पटक प्रतियोगितामा  ‘जोय मोडल हन्ट नेपाल’ को रुपमा आयोजना हुँदैछ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको यो प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल) रुबिस्का श्रेष्ठ (व्यावसायिक मोडल, अनिशा शाक्य र प्रविन चापागाईँ (मोडल हन्ट नेपाल विजेता २०२१) मिस्टर नेपाल २०२२ का विजेता नूतन श्रेष्ठ लगायत थिए ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?