३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

रोहितको कप्तानीमा केन्यासँग एकदिवसिय खेल्दै नेपाल

नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरू हुँदैछ। केन्या एकदिवसीय मान्यताप्राप्त टिम नभएकाले यसलाई आधिकारीक एकदिवसीय मान्यता भने हुनेछैन।

खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा मध्यान्ह १२:४५ बजे सुरू हुनेछ। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि आजको खेलमा कप्तानी रोहितकुमार पौडेलले गर्दैछन्। नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै रोहितले कप्तानी गर्ने बताइसकेको छ।

सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ।  यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो।  तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?