३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

उपसभामुख पुष्पा भुसाल आजदेखी जिल्लामा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । प्रतिनिधीसभाका उपसभामुख पुष्पा भुसाल आज अर्घाखाँची आउँदै छिन् । उपसभामुख भएपछी पहिलो पटक उनी जिल्ला आउन लागेकी हुन् ।

भुसालले शितगङ्गा नगरपालिकाका विभिन्न स्थानमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । उनी आजै बेलुका सन्धिखर्क आउने कार्यक्रम रहेको छ । उनी आउँदो निर्वाचनका लागी अर्घाखाँचीबाट आकांक्षी हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपसभामुख भुसालसहित ६ जनाको नाम उम्मेद्वारमा सिफारिस भएको छ । प्रदेशसभा (क) र (ख) दुवै क्षेत्रीय कार्यसमितिको बैठकले भुसाललाई एक नम्बरमा सिफरिश गरेको छ ।

उनी १५ दिन अँघी नै जिल्लामा आउने कार्यक्रम तय भएको थियो । तर, आमाको निधन भएपछी उनी काठमाण्डौ नै थिईन् । पछिल्लो समय पार्टीको अधिवेशन, स्थानियतहको निर्वाचनमा उनी जिल्ला मै थिईन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?