३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

एसिया कप क्रिकेट: पाकिस्तानले भारतलाई ५ विकेटले हरायाे

एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराति भएको खेलमा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानका लागि मोहमद रिजवनले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहमद नवाजले ४२, आशिफ अलिले १६, फकर जमानले १५ तथा कप्तान बाबर आजम र खुस्दिल शाहले १४ रन जोडे । भारतका भुवनेश्वर कुमार, अश्रदीप सिंह, रवि बोस्नोई, हार्दिक पाण्डय र युजभेन्द्र चाहलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८-२८ रन बनाए । दीपक होडाले १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए । पाकिस्तानका शादव खानले २ विकेट लिए भने नसीम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १-१ विकेट लिए ।

जितसँगै पाकिस्तानले सुपर चारमा २ अङ्क जोडेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?