३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

केन्याविरूद्धको एकदिवसीय क्रिकेटमा नेपालले आज अन्तिम खेल खेल्दै

केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिजमा नेपालले आज आफ्नो अन्तिम तथा तेस्रो खेल खेल्दैछ। खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा मध्यान्ह १२:४५ बजे सुरु हुनेछ।

नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिजमा आफ्नो पक्षमा पारिसकेको छ। अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २-० को अग्रता लिएर सिरिज जितेको थियो। तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन लिग खेल्न गएपछि रोहितले नेपालको नेत‌ृत्व गरेका हुन्।

एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?