लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको चौथो पुर्ण बैठक बस्दैछ । बिहान ११ बजेपछी साथी होटलमा बस्ने बैठकले उम्मेद्वार छनौटको प्रक्रिया अँघी बढाउने छ ।
प्रदेशसभामा उम्मेद्वारहरु टुङ्गो लागिसकेका छन् । प्रदेशसभा ‘क’ बाट चेतनारायण आचार्य तथा प्रदेशसभा ‘ख’ बाट रामजी प्रसाद घिमिरे सर्वसम्मत उम्मेद्वार सिफारिश भएका छन् । प्रतिनिधीसभा उम्मेद्वार छनौट तथा उम्मेद्वारहरुको अंतिम टुङ्गो लाग्ने सम्भावना रहेको एमाले श्रोतले जनाएको छ ।
आगामी निर्वाचन रणनितिका विषयमा समेत गम्भिर छलफल हुने बताईएको छ ।