३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

कांग्रेस अर्घाखाँची: ३ दिनदेखी बैठक जारी, आज उम्मेद्वारहरुको टुङ्गो लाग्ने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको बैठक तिन दिनदेखी जारी छ । बिपी स्मृती भवन सन्धिखर्कमा जारी बैठकमा आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।

बैठकमा ६१ वडाका सभापतीहरु, नगरसभापतीहरु, पार्टीका पुर्व पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधीहरु, निर्वाचित जनप्रतिनिधी, पुर्व जनप्रतिनिधीहरु, प्रदेश पदाधिकारी, सदस्य तथा प्रदेश प्रतिनिधीहरु, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, केन्द्रिय नेताहरु तथा उम्मेद्वारका आकांक्षीहरुले आ-आफ्नो धारणा राखेका छन् ।

आज १० बजे जिल्ला कार्यसमितिको बैठक बसेर उम्मेद्वारको अन्तीम नामावली छनौट गरिने प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए । क्षेत्रिय कार्यसमितिले सिफरिश गरेका नामहरुमा छलफल गरि आजै टुङ्गो लगाउने तथा केन्द्रिय कार्यसमितिमा पेश गर्ने कार्यतालिका रहेको भुसालले बताए ।

साथै आगामी चुनावी रणनितीका बारेमा छलफल गरिने कांग्रेसले जनाएको छ । ५ दलिय गठबन्धन बनाएर चुनावमा जान लागेको कांग्रेसले जिल्ला कार्य समितीको बैठक सकेपछी अन्य दलहरुसंग संयुक्त बैठक बसी थप रणनिती बनाउने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (25%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (75%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?