३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

एमाले अर्घाखाँची: उम्मेद्वार नयाँ, अनुहार पुरानै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । नेकपा एमाले अर्घाखाँचीको बैठकले केन्द्रिय सचिव टोपबहादुर रायमाझीको नाम सर्वसम्मत सिफरिस गरेको छ । आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा निर्वाचनका लागी रायमाझी सर्वसम्मत भएको पार्टी अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।

पुर्व माओवादी नेता रायमाझीले तत्कालिन नेकपा विभाजित हुँदा एमाले रोजेका थिए । नेकपा एमालेको १०औं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित भएका थिए । अर्घाखाँचीमा प्रभावशाली मानिएका नेता रायमाझीको विरुद्धमा अन्य नेताले इच्छा व्यक्त नगरेको बताईएको छ । रायमाझीले यस अँघी २०६४, २०७० र २०७४ को निर्वाचन जितीसकेका छन् । २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्मालाई तथा २०७० र २०७४ सालको निर्वाचनमा कांग्रेसकै नेता डा. रामबहादुर बिसीलाई पराजित गर्दै उनी सांसद बनेका थिए ।

२०६४ र २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका रायमाझी संघियता लागु भए पश्चात एक मात्र संघिय निर्वाचन क्षेत्र भएपछी २०७४ सालमा संघिय चुनावमा प्रतिस्पर्धा गरेका थिए । २०७४ को चुनावमा तत्कालीन नेकपा बाट निर्वाचन लडेका रायमाझीले कांग्रेसका डा. रामबहादुर बिसीलाई १८ हजार २९३ मतान्तरले पराजित गरेका थिए । एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा समेतको तालमेल बाट रायमाझीले ५० हजार ८३७ मत ल्याउँदा कांग्रेसका डा. बिसीले एक्लै ३२ हजार ५४४ मत ल्याएका थिए।

यसपाली उनी नेकपा एमाले बाट चुनावी प्रतिस्पर्धामा उत्रदै छन् । निर्वाचन जितिरहेको भएपनी रायमाझीका लागी एमालेबाट चुनावी प्रतिस्पर्धा भने पहिलो हो । यसअँघी २०६४ र २०७० मा उनी नेकपा माओवादी केन्द्र बाट चुनाव जितेका थिए भने २०७४ सालको निर्वाचनमा उनी तत्कालिन नेकपा बाट मैदानमा थिए ।

नेकपा एमाले अर्घाखाँचीका लागी रायमाझी नयाँ उम्मेद्वार हुन् । पुर्व माओवादी बाट एमाले प्रवेश गरेका रायमाझीको एमाले यात्रा तथा परिक्षाको घडी सुरु भएको छ । अर्घाखाँचीबाट धेरै पटक निर्वाचन जितेका रायमाझी आम मतदाताका लागी पुरानै अनुहार भएपनी एमाले भित्र भने नयाँ उम्मेद्वार हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (33%)
  • दुःखी (17%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?