३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

कांग्रेस अर्घाखाँची: उपसभामुख भुसाल सहित ५ जनाको नाम केन्द्रमा सिफरिस

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिनिधीसभाका उपसभामुख पुष्पा भुसालसहित ५ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले उपसभामुख भुसालसहित पुर्वमन्त्री रेवती प्रसाद भुसाल, डा. रामबहादुर बिसी, लेखनाथ पोख्रेल र डा मुक्तीराम श्रेष्ठको नाम सिफरिस भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी भुसाल एक संघिय निर्वाचन भएपश्चात पहिलो पटक चाहाना राखेकी छिन् । २०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद बनेकी थिईन् । २०६४ सालको निर्वाचनमा उनी अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित् भईन भने २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट उनी पराजित भएकी थिईन् । यसपाली उनी प्रत्यक्ष निर्वाचन लड्ने चाहाना राखेकी छिन् । भुसालको चाहाना भए टिकट उनले नै पाउने धेरै नेताहरुको भनाई छ । केन्द्रमा सभापती देउवासंग निकट रहेकी भुसाल निर्वाचन लड्न चाहे टिकट पाउने उनी निकट नेताहरुले बताउने गरेका छन् ।

२०७४ को निर्वाचनमा कांग्रेसबाट बिसी उम्मेदवार थिए । उनी वाम गठबन्धनका टोपबहादुर रायमाझीसँग १८ हजार २ सय ९३ मतान्तरले पराजित भएका थिए । रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी बिसीले ३२ हजार ५ सय ४४ मत ल्याएका थिए । बिसी दोस्रो संविधानसभा निर्वाचनमा पनि रायमाझीसँगै पराजित भएका थिए । बिसीले गएका निर्वाचनमा आफु पराजित भएकाले आफुले नै टिकट पाउनु पर्ने माग राखेका छन् ।

पुर्वमन्त्री रेवती भुसालले पनि आफुले टिकट पाउने दावी गरिरहेका छन् । कुटनितीमा अब्बल मानिएका भुसाल पनि प्रबल दावेदारका रुपमा देखिएका छन् । यस्तै युवाहरुको प्रतिनिधित्व गर्न आफुहरुको खाँचो रहेको लेखनाथ पोख्रेल र डा. मुक्तीराम श्रेष्ठको भनाई छ । समयानुकुल पार्टी भित्र परिवर्तन आउनुपर्ने उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?