९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

एमाले अर्घाखाँची: प्रत्यक्षमा सर्वसम्मत, समानुपातिकमा तछाडमछाड

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आगामी निर्वाचनका लागी नेकपा एमाले अर्घाखाँचीले प्रत्यक्ष तर्फ सर्वसम्मत उम्मेद्वार छनौट गरेपनि समानुपातिक तर्फ भने तछाडमछाडको अवस्था देखिएको छ । एक संघ र दुई प्रदेशमा सर्वसम्मत उम्मेद्वार सिफरिस गरेर राम्रो संदेश दिएपनि समानुपातिक तर्फ भने कुरा नमिलेपछी आकांक्षी सबैको नाम सिफारिस गरिसकेको छ ।

प्रत्यक्ष तर्फ संघमा टोपबहादुर रायमाझी, प्रदेशसभा ‘क’ मा चेतनारायण आचार्य तथा प्रदेशसभा ‘ख’ मा रामजी प्रसाद घिमिरे सर्वसम्मत सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधीसभा सदस्य निर्वाचनका लागी एमालेले संघिय समानुपातिकमा ८ जना र प्रदेश समानुपातिकमा २१ जनाको नाम सिफरिस गरेको छ ।

नाम नखुलाईएपनि संघमा ८ जना र प्रदेश ‘क’ र ‘ख’ मा गरि २१ जनाको नाम पठाईएको एमाले श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (43%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (29%)
  • आक्रोशित (29%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?