लक्ष्मण घिमिरे ।
अर्घाखाँची । संघिय तथा प्रदेश निर्वाचनका लागी प्रत्यक्ष तर्फ सर्वसम्मत उम्मेद्वार सिफरिस गर्न नसकेको कांग्रेसले समानुपातिकतर्फ पनि क्षेत्रीय समितीबाट आएका नामहरुलाई निरन्तरता दिंदै सिफारिस गरेको छ । क्षेत्रीय समितिबाट आएका नामहरु हुबहु पठाईएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
प्रतिनिधीसभा समानुपातिकमा ९ जनाको नाम सिरफरिस भएको छ । त्यस्तै प्रदेशसभा समानुपातिकमा ३६ जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ‘क’ बाट १४ जना तथा प्रदेशसभा ‘ख’ बाट २२ जनाको नाम सिफारिश गरिएको कांग्रेस स्रोतले जनाएको छ ।