९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

गाईसंग मोटरसाईकल ठोक्किदा शितगंगाका एक जनाको मृत्यु

पशुचौपायासंग मोटरसाइकल ठोक्किँदा अर्घाखाँचीको शितगंगा नगरपालिकाका एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ मा बुधवार चौपायासँग मोटरसाइकल ठोक्किँदा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३, बाहुनखर्कका पुष्कर भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ।

पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलसंग छाडा चौपाया ठोक्कींदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाइते पुष्करको चार नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार पुष्करकी भाउजू राधा भट्टराईको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (84%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (5%)
  • आक्रोशित (5%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?