९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

माओवादी अर्घाखाँची: संघमा ३ जना सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ले ३ जनाको नाम केन्द्रमा सिफरिस गरेको छ ।

बिहीबार बसेको पार्टीको जिल्ला समन्वय समितको बैठकले केन्द्रीय सचिव चक्रपाणी खनाल (बलदेव), अर्का सचिव डिलाराम आचार्य र जाकिर हुसेनलाई उम्मेद्वार सिफारिस गरेको छ । बलदेव कपिलवस्तु निर्वाचन क्षेत्र १ बाटपनि संघीय सांसदको लागि उम्मेद्वार सिफारिस भएका छन् । डिलाराम आचार्य यसअँघी रुपन्देहीबाट निर्वाचन लडेका थिए ।

प्रतिनिधिसभा समानुपातिकमा पार्टीका जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छिन् । प्रदेशसभा ‘क’ मा प्रत्यक्ष तर्फ ठाकुर कुमार बिक, पदम क्षेत्री, शोभाखर बन्जाडे त्यस्तै प्रदेशसभा ‘ख’ मा विवेक गैरे, टिकाबहादुर रेश्मी, भक्तबहादुर पुन सिफरिस भएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?