९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मंसिर ४ गते हुने चुनावका लागि समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिका

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिकाबारे स्पष्ट पारेको छ । आयोगले यसअघि नै असोज २ र ३ गते बन्दसूची पेस गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।

सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुन बमोजिम आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्न आयोगले दलहरुलाई आग्रह गरेको छ ।कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आयोगले आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको जनाएको छ ।

बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?