९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।

नयाँ बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ । त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ता हुनेछ भने त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार जाने तयारी छ ।

उनले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ । ली पर्सि बिहीवार फर्किने छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?