९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

२० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित

२० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।

कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक–एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । यस जितसँगै कतारले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

लगातार दुई खेलमा हार बेहोरेको नेपालले भने अङ्क जोड्न सकेको छैन । समूह ुबीु मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । समूह ुबीु मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बङ्गलादेश रहेका छन् । अब नेपालले भोलि आयोजक बहराइनसँग र अन्तिम खेल अर्को हप्ताको आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?