९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

नेपाल श्रीलङ्कामा चलिरहेको १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा गएराति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक–एक गोल गरे । अब नेपालले उपाधिका लागि बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?