२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

डेंगु तथा स्क्रबटाईफस रोकथामका लागी सन्धिखर्कमा अन्तरक्रिया

घरघरमा डेंगुका बिरामीहरु बढिरहेका बेला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा डेंगु, ज्वरो तथा स्क्रबटाईफस रोग सम्बन्धि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । यसको रोकथामका लागि सरकारले ल्याएको सचेतना अभियानलाई सफल पार्न सबै क्षेत्र क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिईएको छ ।

सबै क्षेत्र आआफ्नो ठाउँबाट क्रियाशिल भए अभियान सफल पार्न सकिने जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले जोड दिए। पहिलो चरणमा पालिकाले वडा स्तरका स्वास्थ्यकर्मी र स्वयंसेवीकालाई प्रशिक्षण दिएर विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम संचालन गर्नको लागि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले स्थानीयतहलाई आग्रह गरे ।

डेंगुका बिरामीले दुखाइ कम गर्ने भन्दै आफै औषधी खरिद गरेर सेवन गरेको पाइएकाले यसले दिर्घकालीन असर गर्ने भएकाले डाक्टरको सल्लाह बमोजीम औषधी सेवन गर्न जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले आग्रह गरे । डेंगु ज्वरो तथा स्क्रब टाईफास सम्बन्धि सहजीकरण स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले दिए । अभियान सफल पार्नको लागि लामखुट्टेको लार्भा नष्ट गर्न सबै क्षेत्रको आवश्यक भएकाले सोहि अनुसार लाग्नको लाई आग्रह गरिएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, पाणिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल, भुमिकास्थान नगरपालिका-८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, पालिका मातहतमा रहेका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो।

कार्यक्रम जिल्ला समन्वयका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आथ्यिता, स्वास्थ्य कार्यालय प्रमुख पुष्षा थापाको अध्यक्षता तथा सुचना अधिकारी विजय विकको सहजीकरण तथा संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?